Skip to main content

साझा अक्षर

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

 

नुवाकोट साउन २३ ।।    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीकोनाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।

डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो ।

एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् ।

त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।

एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको  एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

को को थिए ?

क्याप्टेन-अरुण मल्ल

चिनियाँ पर्यटकहरू

१. जुदाड टाङ (पुरुष),
२. जिली (पुरुष),
३. जेमिङ सी (पुरुष)
४। यियाद वु (महिला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Finanční_trh_a_moderní_mostbet_platforma_pro_bezpečné_investice_online

Finanční trh a moderní mostbet platforma pro bezpečné investice onlineAnalýza finančních trhů a role moderních platforemDůležitost...

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowym

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowymAnaliza Danych ...

Essential guidance around aviator.org.in delivers potential for soaring rewards and calculated gameplay

Essential guidance around aviator.org.in delivers potential for soaring rewards and calculated gameplayUnderstanding the Core Mech...

Excellent properties and https://sobhaneapolis.gen.in delivering a comfortable lifestyle for modern families

Excellent properties and https://sobhaneapolis.gen.in delivering a comfortable lifestyle for modern familiesUnderstanding the Conc...