Skip to main content

साझा अक्षर

इटहरीमा एक शिशुको वीभत्स हत्या,हत्या आरोपमा एक जना पक्राउ

 

इटहरी साउन २७ ।। सुनसरीको इटहरीमा एक शिशुको वीभत्स हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । ती बालिकाको हिजो दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । तीन वर्षअघि घरको छतबाट हाम फालेर लुइँटेलको ढाड पनि भाँचिएको अनुसन्धानबाट खुलेको बस्नेतले बताए ।

सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

छुटाउनुभयो कि ?

Strategic gameplay and thrilling rewards await at winbeatz casino for discerning players

Strategic gameplay and thrilling rewards await at winbeatz casino for discerning playersUnderstanding the Game Selection at Winbea...

Experiências únicas e 1win para um mundo de entretenimento digital completo

Experiências únicas e 1win para um mundo de entretenimento digital completoA Evolução das Plataformas de Entretenimento DigitalA I...

Finanční_trh_a_moderní_mostbet_platforma_pro_bezpečné_investice_online

Finanční trh a moderní mostbet platforma pro bezpečné investice onlineAnalýza finančních trhů a role moderních platforemDůležitost...

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowym

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowymAnaliza Danych ...