Skip to main content

साझा अक्षर

भारतको बागडोग्रामा स्कोर्पियो को ठक्करबाट छ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

 

झापा साउन २८।।  भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ।

साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो।

अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो।

घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर दिने गाडीमा बाबा धामबाट फर्किएका श्रद्धालुहरू सवार थिए। गाडी राजमार्ग किनारदेखि तल खसेको थियो।

उनीहरू पनि घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि उत्तरबंग मेडिकल कलेज लगिएको छ। ६ जनाको मृत्युले दुई गाउँ अहिले शोकमा डुबेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...
स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

  पाँचथर — फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लब ले आयोजना गरेको स्वर्गीय सुखबीर नेमाङ स्मृत...
बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

झापा, बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली रैथाने परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्वाद रैथाने किचेन’ औपचारिक रूपमा सञ...