साझा अक्षर

बुद्धशान्तिमा दुर्ब्यसन विरुद्ध जनचेतना मूलक लघुचित्र प्रदर्शन

 

बुद्धशान्ति साउन २८ ।। फ्रेन्डसीप क्लब बुद्धशान्ति ६ शान्तिनगरले लागू पदार्थ दुर्ब्यसन नियन्त्रणका लागि जनचेतना मुलक भिडियो प्रदर्शन गरेको छ ।

बुद्धशान्ति गाउँपालिका र वाड न. ६ को संयोजन एबम आर्थिक सहयोगमा आइतबार चेतनामुलक “नया जीवन” लघु चलचित्र प्रदर्शन गरिएको क्लबका सदस्य अर्जुन अधिकारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्ने बताए ।

गाउँपालिका सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बम्धि कार्यक्रममा शुभकामना मनतव्य राख्दै प्रमुख अतिथी प्रसाईले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त बनाइरहेको बताउनुभयो । कूलतमा फसेकाहरुलाई कूलतबाट निकाल्दै समाजमा सम्मानकासाथ पुनर्स्थापित गराउन फ्रेन्डसीप क्लबले निर्माण गरेको लघुचलचित्र विशेष भूमिका खेल्ने र बुद्धशान्तिका सबै बिधालयमा बिध्यार्थी र अबिभावक राखेर उक्त लघुचित्र देखाउन सुझाव दिनुभयो । अध्यक्ष प्रसाईले लागू औषध प्रयोग नियन्त्रणमा परिवार, स्कूल हुँदै सम्पूर्ण समाजकै महत्वपूर्ण भूमिका हुने हुँदा सबैले सोहि अनुसारको भूमिका निर्वाह गर्न सबैमा आग्रह समेत गरे।

क्लबका अध्यक्ष रुद्र प्रसाद निरौलाको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ग्ले  वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर राया वडा नं ५ का वडाध्यक्ष डेजेन्द्र कार्की वडा नम्बर ७ का वडाध्यक्ष चन्द्र भण्डारी। सामाजिक व्यक्तित्व मनेश दाहाल मदन प्रसाई बुधबारे जेसिजका महासचिव गजुहाङ योङहाङ बुधबारे प्रहरी चौकी टिममाई बेस क्याम्पका प्रतिनिधि लगायतको  विशेष आतिथ्यता रहेको थियो।

बिशेष अतिथी वाड न. ७ का वडाध्यक्ष चन्द्र भण्डारिले दूर्व्यसन आफैंमा जति पीडादायक छ त्यति नै दूर्व्यसनामा फसेकाको परिवारमा यसले दिने पीडा उल्लेखगरी साध्य नहुने हुँदा यसको नियन्त्रणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनु भयो । यस्तै वाड न. ६ का कार्यबाहक अध्यक्ष प्रमिला परियारले घर परिवारले आफ्नो छोराछोरीको स्कूलको समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी राख्न आग्रह गर्नुभयो । “बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने काम गर्नुपर्छ” अध्यक्ष परियारले भन्नुभयो । उहाले लागू औषध दुर्व्यसनी रोकथामका लागि वडाले सधै साथ सपोर्ट गर्ने उद्घोष गर्नुभयो ।

लघुचलचित्र नयाँ जिवनका डाईरेक्टर अशोक लाखेले समग्र लघुचित्रको बारेमा जानकारी दिनुभएको थियो । सदस्य योगेन्द्र चम्लगाईले शाब्दिक स्वागत गरहेको कार्यक्रममा सहजीकरण सदस्य अर्जुन अधिकारिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123