साझा अक्षर

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज

 

काठमाडौँ भाद्र १।।गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ।

भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्।

यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा शो लाइभ हुनेछ।

यो शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन्। यसपटक झण्डै १७ हजार बालप्रतिभा शोको डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै फिनाले हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष...
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । ब...
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बन...