साझा अक्षर

झापाको दुर्गापुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा चारजना घाइते।

 

बिर्तामोड भाद्र ३ ।। झापाको कनकाई नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा श्रीमान-श्रीमती र बाबु–छोरा घाइते भएका छन् ।

सोमबार दिउँसो २।१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी-७ गोलुगाउँ बस्ने वर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ३८ की सरिता राजवंशी घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेर घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मे ८ प ४३२९ नम्बरको मोटरसाइकल चालक कनकाई-१ प्रजापति टोल बस्ने वर्ष ५० का शान्तिराम खड्का र पछाडि सवार उनका छोरा वर्ष १४ का आर्जल खड्का पनि घाइते भएका छन् ।

सामान्य अवस्थाका शान्तिराम र गम्भीर अवस्थाका आर्जलको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...