Skip to main content

साझा अक्षर

औषधी उद्योगमा विस्फोट कम्तीमा १७ जनाको मृत्यु

 

एजेन्सी ।।भारतको आन्ध्र प्रदेशमा एक औषधी उद्योगमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

अनाकापल्ली जिल्लाको एसईजेडस्थित एसिएन्टिया एडभान्स साइन्स प्राइभेट लिमिटेड नामको उद्योगमा बुधबार रिएक्टर विस्फोट भएको थियो। यो विस्फोटले उद्योगको एउटा तला भत्किएको थियो भने कामदार विस्फोटपछिको आगोको लप्कामा परेका थिए।

आगलागीमा गम्भीर घाइते भएका ३६ जनालाई अस्पताल भर्ना गरिएको छ । ३८१ कामदारले दुई सिफ्टमा काम गर्दै आएको यस उद्योगमा विस्फोटको समयमा धेरैजसो व्यक्ति खाजा खान बाहिर निस्किएकाले मानवीय क्षति कम भएको अधिकारीहरुले जनाएका छन्।

उद्योगभित्रै रहेका कर्मचारीमध्ये अधिकांश आगलागीमा परेको समाचार एजेन्सीले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...