साझा अक्षर

सुदूरपश्चिममा गौरापर्व सुरु, आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै

 

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी  त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने जानकार गोमती भट्टले बताइन् । ‘एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ’ उनले भनिन्, ‘बिरुडा भिजाँइदा माङ्गलकि सगुन फाँग गाउँछौ ।’ बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष...
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । ब...
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बन...