साझा अक्षर

बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलित

 

बिर्तामोड भाद्र १० ।। झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलितभएका छन् ।

बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा क्षेत्रमा रहेको ११ सय ५३ वटा कित्ताका जग्गा धनी र ४ सय भन्दा धेरै घर धनीहरू आन्दोलित भएका हुन् ।
सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको ५१ विघा सहित जग्गा रोक्का गर्न आदेश गरेको तर सर्वोच्चले देखाएको ५१ बिघा जग्गा हाल बसपार्क क्षेत्रको नभएको स्थानहरूको तर्क रहेको छ ।

हाल बस पार्क भएको जग्गा गिरीबन्धु टि स्टेटको नामको नभएर नाज टि स्टेटको रहेको, नाज टि स्टेटले विगत २० वर्ष अघि कानुनी प्रक्रिया अनुसार चियाबगान ठाउँसारी गरेर उक्त जग्गा बिर्तामोड आवास कम्पनी मार्फत सर्वसाधारणहरूले भिट्टा खरिद गरेको अवस्थालाई बुझदै नबुझी मालमोत कार्यालय झापाले जग्गा रोक्का गरेकोमा आन्दोलित बन्नु परेको पीडित धनराज गुरुङले बताए । उनले भने ‘राज्यबाट पीडित बनाइएको छ । घर जग्गा अचल बनाइदिए पछि व्यवहारिक काम गर्न अत्यन्तै कठिन भएको छ ।’

विगत तीन महिना अघि स्थानीय पीडितहरूले समस्या समाधान गर्नको लागि सुजन शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले वडाध्यक्ष नगर प्रमुखलाई समस्या बारे जानकारी गराएपछि वडा र नगरले रोक्का गरेको कामकारवाही खुला गरेको छ तर मालपोत झापाले भने हाम्रो आग्रह अनुरोधलाई वेवस्था गरेका कारण चरणवद्ध आन्दोलनको तयारी गर्नु परेको संयोजक शिवाकोटीले आमसंचारलाई बताए । संयोजक शिवाकोटीले भने ‘निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नम्बर २ का सांसद प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगरलाई पनि समस्या बारे अवगत गराएको जवाफमा अब केही दिनमा समस्याको हल हुने आश्वासन पाइयो तर काम भएन नीतिगत रुपमा काही पनि कुरा नचलेको जानकारी प्राप्त भएको छ ।

यस्तो कुरा सुन्दा र बुझदा हामी दुखी छौं । नागरिकमा परेको समस्या प्रति अलिकति पनि नेता, कर्मचारीहरू चिन्तित बनेको नपाएपछि हामीले आन्दोलनको बाटो रोज्न बाध्य बन्नु परेको हो । पहिलो चरणको आन्दोलन स्थानीय, जिल्ला प्रशासन र केन्द्र सरकारका प्रमुख समक्ष ज्ञापन पत्र दिने काम गरेको र अब दोस्रो चरणको कार्यक्रम अन्तरगत मालपोत र जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिने त्यस पछि पनि समस्या समाधान नभए दुई वटै कार्यालय तालाबन्दी गर्ने सम्मको कार्यक्रम तयार गरिने छ ।’

आज सोमबार बसपार्क क्षेत्रमा आयोजित आम भेलामा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा समन्वय समिति संयोजक सुजन शिवाकोटी, सामाजिक व्यक्तित्व धनराज योङहाङ, गङ्गा मैनाली, सुरेन्द्र सिउदेन, माधवप्रसाद चम्लागाई लयागतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123