साझा अक्षर

लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न

 

इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न भएको छ। पूर्वी नेपालको  पर्यटकीय नगरी इलामको कन्याममा  आईतबार साँझ  एक समारोहको आयोजन गर्दै वर्ष सन् २०२४–२५को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँ नेतृत्वको समितिको पदस्थापन गरिएको हो । बानीयाँको अध्यक्षतामा चयन भएको वर्ष २०२४–२५ लागि समितिको प्रथम उपाध्यक्षमा राजकुमार गुप्ता, द्धितिय उपाध्यक्षमा संजय चौधरी, त्रितृय उपाध्यक्षमा प्रकाश पुरी, सचिमा लक्षुमण खड्का(प्रेम), सहसचिवमा मनोज रौनियार र कोषाध्यक्षमा राजकुमार शाह चयन हुनुभएको छ ।

वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा २०२४–२५का अध्यक्ष र पदाधिकारीसहित सिंगो टिमलाई प्रमुख अतिथि ३२५सी का गभर्नर अधिकारीले पदस्थापन गराउनु भएको थियो । उहाँले समितिलाई शपथग्रहण समेत गराउनु भएको थियो । कार्यक्रममा वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाले लायन्सको नियम अनुसार वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँलाई पद हस्तनान्तरण गर्नुभयो ।

पदस्थापनपछि स्वरीकारोक्ति मन्तव्य राख्दै अध्यक्ष बानीयाँले वर्ष २०२४–२५ मा क्लब सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो । स्थानीय सरकार र विभिन्न संघसंस्थासंग भाइचाराको सम्बन्ध बनाउदै लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताकासाथ अगाडी बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबले बानीयाँको नेतृत्वमा गत असार महिनाबाट नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

त्यसअघि आफ्नो मन्तव्य राख्दै बर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराउनुभएको थियो । उहाँले एक बर्षको अवधिमा बिद्यार्थीहरुका लागि पोशाक तथा शैक्षीक सामाग्री बितरण, रक्तदान, दृष्टीविहिनका लागि सहयोग लगायतका विभिन्न १६ वटा महत्वपूर्ण कार्यक्रमहरु क्लबले सम्पन्न गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर लायन विकास अधिकारी, फस्ट भि.डि.सी लायन बबरजंग थापा, सेकेन्ड भि.डि.सी लायन लिला चिमरीया, लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का पिडिजिएम लायन धिरज गुरुङ, क्याबिनेट टेजरर् लायन रमेश खत्री, ३२५‘सी’ एरीया ‘टु’ का चिफ लायन नेत्र चौलागाई, एरीया ‘वान’का चिफ शैलेन्द्र कुरुङवाङ, चिफ एडमिस्टेटर रोशन बुढाथोकी, लायन्स क्लबका डिस्ट्रिक चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का सेकेन्ड भि.डि.सी लायन लिला चिमरीयालाई सम्मान गरिएको थियो । कन्यामको पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने उदेश्यले संचालन गरिएको कार्यक्रममा लायन्स क्लबका विभिन्न जिम्मेवारीमा रहेका लायनहरुको आतिथ्य रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव सचिमा लक्षुमण खड्का(प्रेम)ले संचालन गर्नुभएको कार्यक्रममा बर्ष २०१७–१८ मा स्थापना भएको लायन्स क्लब अफ बिर्तामोड सिटीमा आवद्ध विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा क्लबमा आवद्ध भएका नयाँ लायनहरुलाई सदस्यता समेत बितरण गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...