Skip to main content

साझा अक्षर

दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि पुनियानीलाई प्रदान

 

बिर्तामोड भाद्र १४।। यस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि राजा पुनियानीलाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठान झापाले शुक्रबार बिर्तामोडमा एक कार्यक्रमबीच पुनियानीलाई पुरस्कार प्रदान गरेको हाे ।

बिर्तामोड नयाँ बसपार्क स्थित राके हाेटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आख्यानकार कृष्ण बराल र प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले नगद तीस हजार रूपैयाँसहित, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मन् सहित पुरस्कृत गरेका थिए ।

परकार्यक्रममा कवि सुन्दर कुरूपले  दिव्यबिक्रम नेम्वाङको लोकतान्त्रिक , राजनीतिक र साहित्यिक योगदानबारे चर्चा गरे । पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक अस्मिता विष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् । पुनियानीले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्यविक्रम नेम्वाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्‍याउने बताए ।

कार्यक्रममा कविहरु चन्द्र गुरुङ, प्रदीप मेन्याङ्बो, लिला अनमोल, सुनिता तामाङ अभागी थेगुवा, अमित थेबे, राजकुमार सुब्बा, सेलिङ केसी, चित्रा पाैड्याल लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मा, याक्थुङ लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् इलाम नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ, नेपाल लेखक सङ्घ झापाका कुमार भट्टराई लगायतले धारणा राखेका थिए । साे अवसरमा कविहरू विराट किराती, मलिसा याक्थुङ्वा, अभागी थेगुवा, लीला अनमाेल समेतकाे उपस्थिति रहेको थियोे । कार्यक्रमकाे सञ्चालन गजलकार विवश बलिभद्र काेइरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...