Skip to main content

साझा अक्षर

कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन-उपेन्द्र यादव

 

काठमाडौँ —जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन्

जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ ।

उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् । अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन । अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ । अहिले पनि संघीय प्रणालीमा सुशासन छैन । मधेसको भूमिमा मधेसीकै शासन र प्रशासन हुनुपर्छ ।’

अध्यक्ष यादवले मुलुकले अहिले कमिसनतन्त्र, लुटतन्त्र तथा भ्रष्टतन्त्रमा ठूलै प्रगति गरेको बताए । भ्रष्टतन्त्र, लुटतन्त्र तथा कमिसनतन्त्रको विकास हुनुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को ठूलो भूमिका रहेको उनको आरोप छ । साना दलहरुलाई समाप्त पार्ने हिसाबले देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र चलिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

छुटाउनुभयो कि ?

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interiorLa Importancia de los Materiales Natura...

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieënHet belang van statistische analyse bij het weddenZo ...

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionierenDie Vielfalt der angebotenen Spiel...

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelfHet Spelaanbod van Spin Boss CasinoProgressieve Jackpot...