साझा अक्षर

दैनिक कति पानी पिउने ,यस्ता छन् पानी पिउँदाका फाइदा

 

प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन ।

शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ । साथै शरीरमा पानीको पर्याप्त मात्रा हुँदा मुटुले शरीरका रक्त नलीबाट सजिलै रक्तसञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्तप्रवाह हुन्छ । तर पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ ।

यदि शरीरमा पर्याप्त तरल पदार्थ भए मूत्र नली स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ । तर पानी कम भएमा पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा जम्छन् र यहि पत्थरीका रुपमा देखा पर्दछ ।

शरीरमा पानीको आपूर्ती गर्न पानी पिउनुका अलावा पानीयुक्त खानेकुरा, फलफूल जस्तै तरबुजा, कांक्रा, सागपात, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे पनि शरीरमा पानीको कमी हुदैन ।

शरीरमा पर्याप्त मात्रामा पानी भए पाचन प्रणालीले राम्ररी काम गर्दछ, कब्जियत हुदैँन । शरीमा पानीको कमी भए माइग्रेनको दुखाइ हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय पनि लम्बिन सक्छ । तर पसिना वा पिसाबबाट निस्कन नसक्ने गरी अत्यधिक पानी भने पिउनु हुदैँन । एजेनसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...