Skip to main content

साझा अक्षर

एप्पलको आइफोन १६ सार्वजनिक के के छन विशेषता

 

एजेन्सी ।।आफ्नो वार्षिक कार्यक्रममा एप्पलले आइफोन १६ का विभिन्न मोडल, एप्पल वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडलसहित आफ्ना पछिल्ला उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ ले आईफोन १६ सहितका नयाँ र केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलकसमेत प्रस्तुत गरेको थियो ।

क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा सोमबार साँझ आयोजित ‘इट्स ग्लोटाइम’ नाम दिइएको कार्यक्रममा कम्पनीले आफ्ना एप्पल वाच र एयरपड्समा गरिएको सुधार र अपडेटबारे जानकारी गराएको थियो । विशेषत: श्रवणशक्ती कमजोर भएकाहरूलाई सहज हुने गरी र पहुँचयोग्य बनाउन एप्पलले सफ्टवेयर अपडेट गरेको घोषणा गरेको छ ।

एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने पहिलो प्रोडक्टका रूपमा कम्पनीले आइफोन १६ सिरिजअन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो । तथापल्, यस प्रविधिबारे कम्पनीले गत जुनमा आयोजित आफ्नो वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स कार्यक्रमै घोषणा गरिसकेको थियो । ‘आज हामीले मनपराउने थुप्रै सुविधा र अनुभवहरू उपलब्ध गराउन एआई र मेसिन लर्निङ प्रविधिले उल्लेख्य भूमिका खेलेका छन्,’ कम्पनीका प्रमुख टिम कुकले सोमबारको कार्यक्रममा भनेका थिए, ‘एप्पल इन्टेलिजेन्सका लागि हामीले विशेष रूपमा डिजाइन गरेको आइफोन सिरिजबारे परिचय गराउन पाउँदा उत्साहित छौं ।’

आइफोन १६ मोडलहरूमा ए१८ प्रो चिप समावेश गरिएको छ । एप्पल इन्टेलिजेन्सका लागि यसमा दोस्रो पुस्ताको ३-नानोमिटर ट्रान्जिस्टर र नयाँ १६-कोर न्युरल इन्जिन राखिएको छ । यो विशेषगरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो जसले डिभाइसको सिस्टम मेमोरी ब्यान्डविथमा १७ प्रतिशतले वृद्धि गर्ने कम्पनीले जनाएको छ । आइफोन १६ मा ४८-मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, प्रो मोडलहरूमा रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर राखिएको छ र कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलोपटक यस्तो सुविधा ल्याइएको दाबी गरेको छ । मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ । यही वर्षको अन्त्यसम्ममा सार्वजनिक गरिने भनिएको भ्वाइस मेमो एपमा भने एउटा अडियोमाथि अर्को अडियो राख्न मिल्ने गरी ‘ट्रयाक लेयर’ सुविधाले संगीतकर्मी, पडकास्टरलगायतलाई अडियो मिक्सका लागि सहजता उपलब्ध गराउने भ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...