साझा अक्षर

कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

 

भद्रपुर भाद्र ३० ।। कोशी प्रदेशस्तरीय  पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेका छन।

आइतवार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् ।

सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालले बताए ।

 

त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको सचिव तीर्थराज ढकालले जानकारी दिए ।
यसैबीच, पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ ।
फाइनलमा उनीहरुले संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई सोझो सेटमा हराए । पहिलो सेट प्रतिस्पर्धात्मक भए पनि दोस्रो सेटमा सम्हालिन नसक्दा कार्की र खड्का उपाधिबाट चुके ।

गुरुङ र ठकुरीको जोडीले २३–२१ र २१–१८ को रिजल्ट निकाल्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै उनीहरुले नगद ५० हजार, ट्रफी र मेडल पाए । उपविजेता भएका कार्की र खड्काको जोडीले नगद ३० हजार ट्रफी र मेडलमा चित्त बुझायो ।
तेस्रो स्थानमा सीमित भएका मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडी तथा तेह्रथुमका विवेक कन्दङवा र पाँचथरका नेल्सन राईको जोडीले नगद १०–१० हजार, ट्रफी र मेडल पाएको संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपक घिमिरेले बताए । भद्रपुरको मेची रंगशालाको कभर्ड संघका अध्यक्ष ढकालको पहलमा स्तरोन्नति गरेर प्रतियोगिता गराइएको हो ।

विजेतालाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेश उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, संघका अध्यक्ष दिपेश ढकाल लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123