साझा अक्षर

पूर्वेली ढुवानीले गर्यो विधिवत रुपमा विश्वकर्मा पूजा

 

बिर्तामोड असोज १।।  पूर्वी नेपालको  ढुवानी व्यवसायमा अग्रस्थानमा  रहेको पूर्वेली ढुवानी सेवाले आज विधिवत रुपमा विश्वकर्मा पूजा सम्पन्न गरेको छ।

बिर्तामोड –६ स्थित बुट्टाबारीमा २५ वढी ट्रक र अन्य सवारी साधन हरु  एकै स्थानमा राखेर भव्यरुपमा विश्वकर्मा पूजा  गरेको हो । रिबन फूलपाती बेलुन ले सजीसजाउ पारिएका गाडीलाई   पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने) ले ब्राम्हण सहित मन्त्रोचारण गरी फुलपाती, अक्षताले पूजा आराधना गरेर  विश्वकर्माको पूजा गरेका हुन् । आज फलामबाट बनेका औजार तथा  सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ । सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन् । उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् ।

ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सञ्चारकर्मी, प्रहरी, सवारी साधनका स्टाफलगायतको बाक्लो उपस्थिति रहेको थियो । हाल पूर्वेली ढुवानी सेवाले ४० बढी ट्रकबाट देशका विभिन्न स्थानमा  सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...