Skip to main content

साझा अक्षर

एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

 

बिर्तामोड  ।।  एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको  अन्तिम खेलमा पनि हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले शुक्रबार (आज ) आफ्नो अन्तिम खेलमा बहराईनसाग् ४–० ले पराजित हुदै प्रतियोगिताबाट  बाहिरिएको छ।

समूह चरणका चार खेलबाट नेपालले ३ अंक मात्र जोड्दै समूह बी को तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्यो । नेपालले खेलेको तीन खेल मध्ये आयोजक चाइनिज ताइपेई विरुद्ध मात्र ३–१ को जित निकालेको थियो ।

त्यसबाहेक आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ र बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो । यो जितपछि ३ खेलबाट बहराईनको ६ अंक छ र समूहको तेस्रो स्थानमा छ । साथै फाइनल चरणमा प्रवेश गर्ने बहराईनको सम्भावना कायम छ ।

उता एक खेल कम खेलेका उज्वेकिस्तान र कम्बोडिया समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । समूह बी तर्फको अन्तिम खेलहरुमा बहराईनले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन कम्बोडियाले ताइपेईसँग खेल्नेछ ।

त्यस्तै आजै हुने अर्को खेलमा उज्वेकिस्तान र चाइनिज ताइपेई भिड्दै छन् । यो खेलमा जित हात पारे उज्वेकिस्तानको फाइनल चरणमा छनौट हुने सम्भावना थप बलियो बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...