Skip to main content

साझा अक्षर

स्यालडाँगी नकआउट फुटबल कप: अन्तिम क्वाटर फाइनल खेलमा खुदुनाबारी युथ क्लब विजयी

twitter sharing button
pinterest sharing button

बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ ।

आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा  प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो ।

पहिलो हाफको  २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो।  बुट्टाबारी युनाइटेडका क्याप्टेन  प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी युनाइटेडले दोस्रो हाफमा भने लय गुमायो। बुट्टाबारी युनाइटेडका एकपछि अर्को गर्दै आक्रमण विफल तुल्याएको खुदुनाबारी युथ क्लबले बारम्बार काउन्टर अट्याक गर्यो। बारम्बारको प्रयासपछि दोस्रो हाफको इन्जुरी समयमा खुदनाबारी युथ क्लव खेलमा फर्कियो। खुदनाबारी युथ क्लबका खेलाडीले डिबक्स नजिकैबाट प्रहार गरेको बल  बुट्टाबारी युनाइटेडका खेलाडीलाई लाग्दै जाली चुम्बेसँगै खेल एक एकको बराबरीमा पुग्यो

त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकर सम्म धकेलियो। टाईब्रेकरमा पनि दुवै टोलीले चार चारको बराबरी खेलेसँगै खेलको छिनोफानो सडन डेथ मा पुग्यो सडन डेथ  मा बुट्टाबारी युनाइटेडको अन्तिम प्रहारलाई रोक्दै खुदनाबारी युथ क्लवले सेमिफाइनलको यात्रा तय गर्यो

पराजित बुट्टाबारी युनाइटेड भने इन्जुरी समयको केही मिनेट सम्हालिन नसक्दा जितको नजिक पुगेको खेलमा पनि पराजित हुँदै  यो प्रतियोगिताबाट बाहिरिएको छ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका  खुदुनाबारी युथ एफसीका समिर खजुम अफ द म्याच घोषित हुँदै नगद रु १००० प्राप्त गरे।  हरेक दिन म्यान अफ द म्याचलाई प्रदान गर्ने पुरस्कार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटीले उपलब्ध गराउँदै आएको छ।

प्रतियोगिता अन्तर्गत भोलि बाट सेमिफाइनलका खेल सुरु हुनेछन्। भोलि हुने पहिलो सेमिफाइनल खेलमा आयोजक स्यालडाँगी युवा परिवारले कुवापानी एफसी  इलामसँग प्रतिस्पर्धा गर्नेछ।

स्यालडाँगी युवा परिवारद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार  रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने   क्लबका सचिव राजु अधिकारीले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण sportnepal को आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...