Skip to main content

साझा अक्षर

विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

 

बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ ।
आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो ।

सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो ।

सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर चिन्ह प्राप्त पेवर्स लगाईने छ । योसंगै विजुलीको पोलको व्यवस्थापनसमेत गरिने सघन शहरी तथा भवन निर्माण कार्यालय झापाका ईन्जिनियर सुरेश चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले धेरै पटकको प्रयासपछि शिर्षक संसोधन गरेर भएपनि यो सडक निर्माण गर्न लागिएको बताउनु भयो । उहाँले समयमा नै काम सम्पन्न गर्नका लागि जनप्रतिनिधि र स्थानियले सहजीकरण गर्न आग्रह गर्नु भयो । औद्योगिक र व्यवसायिक नगरकोरुपमा रहेको बिर्तामोडमा ठेक्का लागेका, सम्झौता भएका योजनाहरुको धमाधम काम भईरहेको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रसाई, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर उप-सभापति तथा वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कार्यपालिका सदस्य सिता ढुंगाना विक, एमाले नेता रोमणि भट्टराई, छविलाल विश्वकर्मा। लगायत टोलविकास समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो।

२०८२ साल बैशाख ८ गते ठेक्का सम्झौता भएको यस योजनाको आगामी असार २० गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...