Skip to main content

साझा अक्षर

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ।

कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ।

कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रणामी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्ले विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

भेलाबाट टहल दास ओली अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक शिवाकोटी र गोविन्द कट्टेल चयन भएका छन्।सचिवमा चेतन खतिवडा, सहसचिवमा दिनेश भट्टराई, कोषाध्यक्षमा मोहन अधिकारी र सहकोषाध्यक्षमा दिपा खरेल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा शंकर प्रसाद पाण्डे, श्याम कुमार बस्नेत, लय पारसमणी कडरिया, हेमन्त ढकाल, टिकाराम उप्रेती, निर्मला गिरी र सावित्रा आचार्य पाण्डे चयन भएका छन्।

कार्यक्रममा कोशी प्रदेशकी माननीय सांसद सविना कट्टेल बजगाई, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष मदन अधिकारी, सेवा परिषद झापाका उपाध्यक्ष देवी प्रसाद खनाल, महासचिव काली प्रसाद रिजाल, युवा परिषद झापाका उपाध्यक्ष कुमार कार्की, महिला समिति झापाकी अध्यक्ष शान्ता मैनाली, निवर्तमान अध्यक्ष मिरा अधिकारी ओली, शिवसाताक्षि बाणिज्य संघका महासचिव टंक मैनाली, बिर्तामोड बाणिज्य संघका सदस्य डिल्ली प्रसाद कोइराला, माईधाम मन्दिरका अध्यक्ष भिष्म मैनाली, बाईजुराज अध्यक्ष इन्दिरा आचार्य मैनाली, युवा परिषद अध्यक्ष माणिक संगौला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संयोजक दिनोज बजगाईको सञ्चालन रहेको कार्यक्रमको स्वागत श्रीकृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...