Skip to main content

साझा अक्षर

सामुदायिक परोपकार गोल्डकप सेमिफाइनल समीकरण पूरा

 

इलाम कार्तिक १०  इलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

हिजो भएका दुई क्वाटर फाइनलबाट रेड डेभिल्स ए र टप सेभेन एफसी अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल सेमीकरण पूरा भएको हो।
त्यसअघि शनिबार भएको दुई क्वाटर फाइनलबाट रेड डेभील्स बी र लोक्साङ फुटबल क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्।

शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा रेड डेभिल्स बि ले पूर्व क्षितिज एलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। सोही दिन भएको दोस्रो क्वार्टर फाइनल खेलमा लोक्साङ  एफसीले युवाशक्ति एफसीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ।

आजबाट सेमिफाइनलका खेलहरू सुरु हुनेछन्। आज हुने पहिलो सेमिफाइनल खेलमा रेड डेभील्स बीले लोक्साङ  एफसीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी आजनै हुने दोस्रो सेमिफाइनल खेलमा रेड डेभील्स एले टप सेभेन एफसीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

स्थानीय स्तरमा रहेका फुटबल खेलाडीहरूलाई उजागर गर्ने र गाउँ गाउँबाट फुटबल खेल विकासको लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लिङ लिम्बुले जानकारी दिनुभएको छ।

कार्तिक ३ गतेबाट सुरु भएको गोल्डकपको फाइनल खेल कार्तिक ११ गते हुनेछ। विजेताले नगद ७१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद ५१ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष झलक सिंह ताम्लिङ लिम्बुले जानकारी दिनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...