Skip to main content

साझा अक्षर

सामुदायिक परोपकार गोल्डकपको उपाधि रेड डेभिल्सले जित्यो

 

इलाम कार्तिक ११ ।। श्री सामुदायिक परोपकार गोल्डकप तेस्रो संस्करणको उपाधि रेड डेभिल्स नयाँबजार इलामले जितेको छ।

माइजोगमाई गाउँपालिका वडा नं ५ स्थित श्री सिरिसे माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा चिर परिचित प्रतिद्वन्दी टप सेभेन एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै रेड डेभिल्स नयाँ बजारले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै रेड डेभील्स नयाँ बजारले नगद ७१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता टप सेभेन एफसीले नगद ५१ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ

रेड डेभिल्सलाई उपाधि दिलाउन शेखर राईले दुई गोल गरे भने जीवन राई, सचिन यल्मो,र ले  एक  एक गोल गरे

विजेता तथा उपविजेता टोलीलाई  गोल्डकप आयोजक समितिमा अध्यक्ष गजेन्द्र ताम्लिङ लिम्बु। विशिष्ट अतिथि माइजोगमाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निर्मल ध्वज लिम्बु माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष देवेन्द्र पौडेल। लगायत अन्य अतिथिले पुरस्कार प्रदान गरे।

स्थानीय स्तरमा रहेका फुटबल खेलाडीहरूलाई प्रोत्साहन गर्ने , गाउँ गाउँबाट फुटबल विकास गर्नुपर्छ भन्ने उद्देश्य र फुटबलको माध्यमबाट भर्खरै आएको बाढी पहिरोमा परी घरबार बिहिन पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ कार्तिक ३ गतेबाट सञ्चालन भएको यो प्रतियोगिता आज समापन भएको हो।

समापन समारोहमा बोल्दै कोसी प्रदेश खेलकुद विकास समितिका उपमहासचिव  पूर्ण फत्र लिम्बूले स्थानीय स्तरमा हुने प्रतियोगिता र स्थानीय स्तरका खेलाडीहरुलाई आफूले गर्न सक्ने सहयोगमा कुनै कमी नराख्ने बताएका छन्। त्यसैगरी माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष देवेन्द्र पौडेलले  माइजोगमाई गाउँपालिकामा फुटबल लगायत अन्य खेल विकासमा आफू लागि परेर अघि बढिरहेको र आगामी दिनमा पनि माइजोगमाई मा खेलका गतिविधिहरूलाई अझ वृद्धि गर्दै जाने  बताए ।

फाइनल खेल अघि विभिन्न सांस्कृतिक तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । ओएसिस फुटबल क्लब र आयोजक परोपकार सामुदायिक संघका बीच मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता , माइजोगमाई वार्ड नं  ४ र ५ बीच मैत्रीपूर्ण महिला फुटबल समेत सम्पन्न भएको छ। स्थानीय सिरिसे माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा मार्च पास प्रस्तुत गरिएको थियो।

श्री सामुदायिक परोपकार संघका सल्लाहकार चम्पा सिंह ताम्लिङ लिम्बुले स्वागत गरेको कार्यक्रम सामुदायिक परोपकार संघका सल्लाहकार तथा श्री सिरिसे माध्यमिक विद्यालयका शिक्षक इन्द्र नेपाल र सामुदायिक परोपकार  संघका  सदस्य धनहाङ लिम्बु  ले सञ्चालन गरेका थिए

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...