साझा अक्षर

कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल सुरू, उद्घाटन खेलमा आयोजक विजयी

 

इम्बुङ कार्तिक १८।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब सेमिफाइनल प्रवेश गरेको छ।

फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित  सत्यहाङमा उच्च माविको  इनम खेलमैदानमा आज सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी पाथिभरा युथ क्लब चोकमागुलाई ट्राइबेकरमा पराजित गर्दै आयोजकले  अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। ट्राईबेकरमा पाथिभरालाई ५-३ गोल अन्तरले पराजित गर्दै टु स्टार ग्रामीण सृजनशील क्लब विजय भएको हो।

निर्धारित समयमा दुवै टिमले उत्कृष्ट अवसरहरू सिर्जना गरेपनि फिनिसिङमा चुक्ता गोल गर्न सकेनन् पहिलो हाफमा पाथिभरालाई केही दबाबमा राख्दै सुरुवात गरेको टु स्टारले दोस्रो हाफमा भने त्यति राम्रो प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको पाथीभराले पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो

त्यसपछि ट्राईबेकरमा आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबको तर्फबाट सुमन नेम्बाङ ,अनुप श्रेष्ठ ,दिपेश राई, लोकेन्द्र थापा र टिकाराम मगरको प्रहार गोलमा परिणत भएको थियो। पाथिभराको तर्फबाट जुगल लिम्बु हेमन्त तुम्बापो र दिपेशको प्रहार गोलमा परिणत हुँदा रिबुको प्रहार  फेरिएको थियो यो सँगै पाथिभरा एफसी पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

क्लबका अध्यक्ष अर्जुन नेम्बाङको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा  प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष ब्रिजहाङ आङदम्बेको अतिथ्यता रहेको थियो। प्रमुख अतिथि आङदेम्बेले ब्यानर वाचन गरी  प्रतियोगिताको उद्घाटन गरेका थियो उद्घाटनपछि बोल्दै प्रमुख अतिथि आङदेम्बेले गाउँपालिकामा सञ्चालन हुने यस्ता प्रतियोगिताहरूलाई रातो किताबमै राखेर बजेट विनियोजन गर्दै आगामी दिनमा अझ स्तरीय प्रतियोगिता आयोजना गर्न गाउँपालिकाले सहयोग गर्ने समेत बताएका छन् उद्घाटन समारोहमा विशेष अतिथि गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तोष नेम्बाङ, वडा सदस्य तथा एन्फा पाँचथर उपाध्यक्ष सागर नेम्बाङ, वडा सदस्य दुर्गा चापागाईं, फाल्गुनन्द ग्रिनपिसका सचिव गोपाल घिमिरे लगायतको अतिथ्यता रहेको थियो।

टु स्टार ग्रामीण सृजनशील क्लबका सदस्य तथा पाँचथर एन्फा उपाध्यक्ष सागर नेम्बाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सहसचिव दीपक नेम्बाङले गरेका थिए।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो क्वाटर फाइनल खेल फाल्गुनन्द ग्रीन पिस क्लब पौवा सारताप पाँचथर र तीजोक युवा क्लब बीच दिनको ठिक १२ बजे हुनेछ। दोस्रो खेल खुदनाबारी स्पोर्टिङ क्लब झापा र राकेएफसी पाँचथर बीच दिनको ठिक २ बजे हुनेछ

दुवैतर्फको फाइनल खेल कार्तिक २२ गते हुनेछ। पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार नगद आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ उपविजेता टिमले नगद रु. ७० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै महिलातर्फको विजेताले नगद १५ हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् उपविजेता टोलीले नगद ८००० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने खेलकुद संयोजक अईन्द्र फुयालले जानकारी दिएका छन्।

ऐतिहासिक वरहा क्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम , कार्तिके पूर्णिमा मेला , मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ। सम्पूर्ण खेलप्रेमी मेलाप्रेमी दर्शक महानुभावहरूलाई उपस्थित भएर खेलको मनोरञ्जन लिनुका साथै ऐतिहासिक बराह क्षेत्र मेलाको समेत अवलोकन भ्रमण गरिदिनुहुन आयोजक कमिटी सबैमा हार्दिक अनुरोध गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...