Skip to main content

साझा अक्षर

बराहक्षेत्र कार्तिके पूर्णिमा मेला फुटबल , सेमिफाइनल समीकरण पुरा

 

इम्बुङ कार्तिक २०।।  ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष  फुटबल प्रतियोगीता अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा जित निकाल्दै सृजनशील युथ क्लब माङजाबुङ अन्तिम चारमा प्रवेश गरेको छ।यो सँगै सेमीफाइनल समीकरण पूरा भएको छ।

हिजो भएको खेलमा जित निकाल्दै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब राके एफसी र तिजोग युवा क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्।

फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित सत्यहाङमा उच्च माविको इनम खेलमैदानमा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा उपाधि दाबेदार मानिएको अर्को टोली फुङ्बारी नामतोक  युथ क्लबलाई ३-०गोलअन्तरले पराजित गर्दै  सृजनशील अन्तिम चारमा प्रवेश गरेको हो ।

सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरु  सिर्जना गरेको थियो। तर गोलकिपर बाधक बन्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो। फुङ्गबारी नाम्तोक ले पहिलो हाफदेखि नै निकै राम्रो मुभ बनाउँदै सृजनशीललाई दबाबमा राखेको थियो। तर पाएको अवसरलाई गोल गर्न नसक्दा फूलबारी नामतोक पहिलो खेलबाटै घर फर्किएको छ। दोस्रो हाफको अन्तिम अन्तिम समयमा सृजनशील युवा क्लबले पाएका अवसरलाई सदुपयोगगरी विजय बन्यो ।

प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेलहरू सुरु हुनेछन्। पहिलो सेमिफाइनल खेलमा आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबले राके एफसीको सामना गर्नेछ भोलि नै हुने दोस्रो सेमीफाइनलइनल खेलमा सृजनशील युवा क्लबले तीजोक युवा क्लब नवमीडाँडा पाँचथर सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ। पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार नगद आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ उपविजेता टिमले नगद रु. ७० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै  विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने खेलकुद संयोजक अईन्द्र फुयालले जानकारी दिएका छन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...