Skip to main content

साझा अक्षर

दोस्रो गरुवा गोल्डकप, सचेत युवा र सनिश्चरे एफसी विजयी

 

माई इलाम मंसिर २२।।    इलामको माई नगरपालिका ४ शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै सचेत युवा सोसाइटी अर्जुनधारा र सनिश्चरे एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन्

प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा सुब्बाचोक बिर्तामोडलाई दुई एक गोल अन्तरले पराजित गर्दै सचेत युवा सोसाइटी अर्जुनधारा अघिल्लो चरणमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा सोसाइटीले सुब्बा चोकलाई दबाबमा राख्दै २–० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको सुब्बाचोकले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन र प्रतियोगिताबाट बाहिरियो।

त्यस्तै आज भएको दोस्रो खेलमा जित निकाल्दै शनिश्चरे एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। स्पर्धी ब्रदर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी अघिल्लो चरणमा प्रवेश गरेको हो। स्टार खेलाडीहरु देवेन्द्र तामाङ, निमा तामाङ सौरभ सुब्बा ,श्याम मुर्मु जस्ता खेलाडीका साथ मैदान उत्रिएको सनिश्चरेले लगातार दबाबमा राख्दै जित हासिल गरेको हो पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको हो। शनिश्चरेका लागि पहिलो गोल देवेन्द्र तामाङले गर्दै अग्रता दिलाएका थिए। टिमका लागि थप दुई गोल जर्सी नम्बर ९ का खेलाडीले गरेका थिए। अनि म्यान अफ द म्याच घोषित भए। ब्रदर्स युनाइटेड भने पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ।

प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन् ।भोलि हुने पहिलो खेलमा लक्ष्मीपुर एफसी र डिएफसी अर्जुनधारा बीच रहनेछ। त्यसैगरी भोलि हुने दोस्रो खेलमा मेमोरी वाइसी र आदर्श वाइसी बीच रहने आयोजकले दिएका छन्

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको छ। फाइनल खेल मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।

गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...