Skip to main content

साझा अक्षर

दोस्रो गरुवा गोल्ड कप,लक्ष्मीपुर इलाम र आदर्श बुधबारे विजयी

 

माई इलाम मंसिर २३ ।।   इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै  लक्ष्मीपुर एफसी इलाम र आदर्श युथ क्लब बुद्धशन्ति अघिल्लो चरणमा प्रवेश गरेका छन्

आजको  पहिलो खेलमा डीएफसी अर्जुनधारा झापालाई ३-० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर एफसी इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मीपुरले बारम्बार अर्जुनधारालाई दबाबमा राख्दै गोल गर्यो अर्जुनधाराले भने पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ

त्यस्तै आज भएको दोस्रो खेलमा साँखुरो जित निकाल्दै आदर्श युवा क्लब बुधबारेले अघिल्लो चरणको यात्रा तय गरेको छ। स्पर्धी मेमोरी युथ क्लब मोरङलाई दुई एक गोल अन्तरले पराजित गर्दै आदर्श अघिल्लो चरणमा प्रवेश गरेको हो। खेल सुरु भएको पहिलो मिनेटमा नै आदर्शका सागर रसाइलीले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । खेलको चौथो मिनेटमा मेमोरी युथ क्लब मोरङलले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्‍यायो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीले पाएका राम्रा अवसरहरु  दुरुपयोग गर्न नसक्दा पहिलो हाफ एक एकको बराबरीमा सकिएको थियो

खेलको दोस्रो हाफमा दुवै टोली जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै एकपछि अर्को आक्रमण सुरु गर्यो तर पाएका अवसरहरुलाई सदुपयोग गर्न सकेनन्  खेलको अन्न्तिम समयमा आदर्श युवा क्लबले पाएको अवसरमा गोल गर्दै जित आफ्नो पक्षमा पार्यो। आदर्शका लागि दोस्रो गोल पनि सागर रसाइलीले गरे  त्यसपछि मोरङले  गोल फर्काउन सकेन पहिलो खेलबाट हार बेहोर्दै प्रतियोगिता बाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि पहिलो चरणका अन्तिम दुई खेल हुनेछन् ।भोलि हुने पहिलो खेलमा लक्ष्मी युथ स्पोर्ट्स र सृजना युथ क्लव  बीच खेल हुने छ । त्यसैगरी भोलि हुने दोस्रो खेलमा शिवसतासी११ र ह्याप्पी ड्रिम्स चेम्टी  बीच रहने आयोजकले जानकारी दिएका छन् ।

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको छ। फाइनल खेल मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।

 

गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...