Skip to main content

साझा अक्षर

दोस्रो गरुवा गोल्ड कप,लक्ष्मीपुर इलाम र आदर्श बुधबारे विजयी

 

माई इलाम मंसिर २३ ।।   इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै  लक्ष्मीपुर एफसी इलाम र आदर्श युथ क्लब बुद्धशन्ति अघिल्लो चरणमा प्रवेश गरेका छन्

आजको  पहिलो खेलमा डीएफसी अर्जुनधारा झापालाई ३-० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर एफसी इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मीपुरले बारम्बार अर्जुनधारालाई दबाबमा राख्दै गोल गर्यो अर्जुनधाराले भने पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ

त्यस्तै आज भएको दोस्रो खेलमा साँखुरो जित निकाल्दै आदर्श युवा क्लब बुधबारेले अघिल्लो चरणको यात्रा तय गरेको छ। स्पर्धी मेमोरी युथ क्लब मोरङलाई दुई एक गोल अन्तरले पराजित गर्दै आदर्श अघिल्लो चरणमा प्रवेश गरेको हो। खेल सुरु भएको पहिलो मिनेटमा नै आदर्शका सागर रसाइलीले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । खेलको चौथो मिनेटमा मेमोरी युथ क्लब मोरङलले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्‍यायो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीले पाएका राम्रा अवसरहरु  दुरुपयोग गर्न नसक्दा पहिलो हाफ एक एकको बराबरीमा सकिएको थियो

खेलको दोस्रो हाफमा दुवै टोली जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै एकपछि अर्को आक्रमण सुरु गर्यो तर पाएका अवसरहरुलाई सदुपयोग गर्न सकेनन्  खेलको अन्न्तिम समयमा आदर्श युवा क्लबले पाएको अवसरमा गोल गर्दै जित आफ्नो पक्षमा पार्यो। आदर्शका लागि दोस्रो गोल पनि सागर रसाइलीले गरे  त्यसपछि मोरङले  गोल फर्काउन सकेन पहिलो खेलबाट हार बेहोर्दै प्रतियोगिता बाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि पहिलो चरणका अन्तिम दुई खेल हुनेछन् ।भोलि हुने पहिलो खेलमा लक्ष्मी युथ स्पोर्ट्स र सृजना युथ क्लव  बीच खेल हुने छ । त्यसैगरी भोलि हुने दोस्रो खेलमा शिवसतासी११ र ह्याप्पी ड्रिम्स चेम्टी  बीच रहने आयोजकले जानकारी दिएका छन् ।

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको छ। फाइनल खेल मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।

 

गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...