Skip to main content

साझा अक्षर

दोस्रो गरुवा कप फुटबल, लक्ष्मी युथ क्लब र ह्याप्पी ड्रिम्स चेप्टी क्वाटर फाइनल प्रवेश

माई इलाम मंसिर २४ ।।  दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै लक्ष्मी युथ क्लब महमाई र हेप्पी ड्रिम्स चेम्टी क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सृजनशील झापालाई २-० गोल अन्तरले पराजित गर्दै लक्ष्मी युथ क्लब इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ।  लक्ष्मी युथ क्लबका लागि सिमोन राई र सन्देश लिम्बुले एक एक गोल गरे।ईन  खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मी युथ क्लबले बारम्बार  सृजनशीललाई दबाबमा राख्दै गोल गर्यो सृजनशीलले  भने पाएका अवसरहरुलाई सदुपयोग गर्न थिएन उसका दुई प्रहारहरू क्रसफारमा लाग्दै बाहिरिएका थिए। हारसँगै सृजनशील पहिलो खेलबाटै घर फर्किएको छ

 

त्यस्तै आज भएको दोस्रो खेलमा उत्कृष्ट जित निकाल्दै  ह्याप्पी ड्रिम्स चेप्टीले अघिल्लो चरणको यात्रा तय गरेको छ। स्पर्धी शिवशताक्षी ११ दुधेलाई ३-० गोल अन्तरले पराजित गर्दै  ह्याप्पी ड्रिम्स चेप्टीले क्वाटर फाइनलमा प्रवेश गर्ने अन्तिम टोली बन्यो उसका लागि करण थापाले दुई र निश्चल बस्नेतले एक गोल गरे। खेलको सुरुवातदेखि नै केही दबाबमा राखेको ह्यापी ड्रिम्स चेप्टीले पाएका अवसरहरुलाई सदुपयोग गर्दै जित आफ्नो पक्षमा पारेको हो। पराजित शिवसताक्षी ११ ले भने पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि बाट क्वाटर फाइनलका खेलहरू सुरु हुनेछन्। भोलि हुने दुई क्वाटर फाइनल खेलमा पहिलो खेल आयोजक नमुना युथ क्लब दानाबारी र सचेत युवा समूह खुदनाबारीका बीच हुनेछ। त्यसैगरी दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको आदर्श मैदान र सनिश्चरे एफसी अर्जुनधारा बीच हुनेछ।

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको छ। फाइनल खेल मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।

गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...