माई मंसिर २५।। दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वार्टर फाइनल खेलमा जित निकाल्दै आयोजक नमुना युथ क्लब र सनिश्चरे एफसी अर्जुनधारा सेमिफाइनलमा प्रवेश गरेका छन्।
इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सचेत युवा समूह खुल्लाबारी झापालाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक नमुना युवा क्लब अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा समूहले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै आज भएको दोस्रो खेलमा आदर्श मैदान बिर्तामोडलाई २–० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी अर्जुनधारा अन्तिम चारमा प्रवेश गरेको छ। शनिश्चरेका लागि दुवै गोल निमा तामाङले गरे उनकै दुई गोल मद्दतमा शनिश्चरे एफसी अर्जुनधारा अन्तिम चारमा प्रवेश गर्यो नैकै प्रतिस्पर्धात्मक बनेको खेलमा आदर्श मैदानले पाएका अवसरहरुलाई फिनिसिङमा चुक्दा हार बेहोर्दै क्वाटर फाइनलबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत भोलि क्वाटर फाइनलका दुई खेल हुनेछन् भोलि हुने पहिलो क्वाटर फाइनल खेलमा लक्ष्मी युथ स्पोर्ट्स लक्ष्मीपुर इलाम र लक्ष्मी युथ क्लब महमाई बीच हुनेछ। त्यसैगरी भोलि हुने दोस्रो तथा अन्तिम क्वार्टर फाइनल खेलमा आदर्श युवा क्लब बुद्धशान्ति झापा र ह्याप्पी ड्रिम्स चेप्टी इलाम बीच रहनेछ।

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको छ। फाइनल खेल मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।
गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

