साझा अक्षर

स्व हरिकुमार प्रसाई स्मृति कप फूटबल, तेस्रो दिनको खेल सम्पन्न

 

बिर्तामोड माघ २४ ।।    स्व हरिकुमार प्रसाई स्मृति  तेस्रो झापा जिल्ला अन्तर स्कुल अन्डर १३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै इस्ट होराइजन इङ्लिस स्कुल मेचीनगर ब्रीलियन्ट पिपुल्स अर्जुनधारा कञ्चन इङ्लिस स्कुल बिर्तामोड र बालबाटिका स्कुल मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेका छन्

बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा सुनगाभा इङ्लिस स्कुल बिर्तामोडलाई ३-१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन इस्ट होराइजन मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो खेलमा होलीबेल स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै ब्रिलियन्ट पिपुल्स स्कुल अर्जुनधारा विजयी भयो। त्यस्तै आज नै भएको तेस्रो खेलमा कञ्चन स्कुलले एकतर्फी जित निकाल्ने क्रममा सूर्योदय इङ्गलिस स्कुल माथि ८-० को फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्यो। आज भएको अन्तिम खेलमा बालबाटीका स्कुलले चिल्ड्रेन इन्भायरमेन्ट स्कुललाई सड अन डेथमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो

प्रतियोगिता अन्तर्गत भोलि पनि तीन खेल हुनेछन्। भोलि हुने पहिलो खेलमा टावर टेम्पल स्कुल बिर्तामोड र गोमेन्द्र स्कुल बिर्तामोड बीच प्रतिस्पर्धा हुनेछ दोस्रो खेलमा हरिकुल इङ्लिस स्कुल र न्युटन्स एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ त्यस्तै भोलि नै हुने अन्तिम खेलमा निधि स्कुल र मेची इङ्लिस स्कुल बीच खेल हुने प्रतियोगिता संयोजक आशिष प्रसाईंले जानकारी दिनुभयो।

विद्यालयका संस्थापक स्वर्गीय हरिकुमार प्रसाईले शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै र उहाँलाई जीवन्त राख्नका लागि एभरेस्ट स्मार्ट एजुकेसन र एभरेष्ट स्पोर्टस  एकाडेमी आयोजनामा माघ २२ गतेबाट सञ्चालनरत प्रतियोगितामा झापाका विभिन्न २० विद्यालयहरूको सहभागिता रहेको छ।  यो प्रतियोगिता आगामी माघ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता तथा उपविजेता टिमले आकर्षक ट्रफी नगद पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...