साझा अक्षर

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

आजको खेलमा पहिलो खेलमा द नाईट एफसीलाई ३/१ ले पराजित गर्दै कर्मचारी एफसी सेमिफाइनलमा प्रबेश गरेको हो । कर्मचारीको लागि हितेन लिम्बुले २ गोल गरे भने एक अन्गोल उपहारस्वरूप पायो । नाईट एफसिका लागि सम्राट बर्देवाले एक गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो खेलमा मेतालुङ एफसिले सिम्सारा एफसिलाई ७/१ को फराकिलो गोलले जित निकाल्दै सेमिमा पुग्ने दोस्रो टिम बन्यो । उस्का लागि सुदर्शन लिम्बूले ह्याटि्रक सहित ४ र सुबास गुरुङले पनि ह्याटि्रक गरे । सिम्साराका लागि एक मात्र सान्त्वना गोल सुजल राईले गरे ।

भोलि आइतबार चिलिङ्देन एफसिले कल्बोटे सङ्ग भिड्दा अन्तिम खेलमा केएफसी लुङ्सुङ्दुङले नामतोक एफसी पाँचथरको सामना गर्दै सेमिफाइनल समीकरण पूरा गर्ने आयोजक समितिका अध्यक्ष उमेश गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद रु. ७०,१७० रुपैयाँ उपविजेताले ४० हजार १४० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष नवीन अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...