Skip to main content

साझा अक्षर

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तिजोक स्पोर्टिङ क्लब नवमीडाँडा पाँचथरलाई ६-० गोल अन्तरले पराजित गर्दै सैनिक ११ झापा सेमिफाइनल प्रवेश गरेको हो।

सैनिकलाई जित दिलाउनका लागि घनश्याम कार्कीले ह्याट्रिक सहित चार गोल गर्दा सिमोन लिम्बु र सुजन लिम्बुले एक एक गोल गरे। उता पराजित तिजोग स्पोर्टिङ क्लब पाँचथरले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन चौथो संस्करणमा भने पहिलो खेलबाटै घर फर्किएको छ l

फिदिम नगरपालिका १० याङनाम स्थित इमानसिंह रङ्गशालामा आजबाट सुरु भएको चौथो संस्करण याङनाम गोल्ड कपको उद्घाटन प्रदेश सभा सदस्य प्रेमराज आमसुहाङले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै थाम्सुहाङले पाँचथरको एकमात्र लेभेन साइजको यो खेलमैदानमा आफूले गर्न सक्ने सबै सहयोग गर्न आफू तयार रहेको समेत बताउनुभएको छ। उद्घाटन समारोहको सभाध्यक्ष फुङदाम मेला आयोजक समितिका संयोजक उपेन्द्र एक्तेलले गर्नुभएको थियो।

प्रतियोगिता अन्तर्गत भोलि क्वार्टर फाइनलका दुई खेल हुनेछन्। भोलि हुने पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लब रवि पाँचथर र चोलुङ फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ त्यस्तै भोलि हुने दोस्रो खेलमा म्याग्लुङ स्पोर्टिङ क्लब तेह्रथुम र हुलाक लाइन फिदीम पाँचथरबीच रहनेछ। प्रतियोगितामा झापा, तेह्रथुम र पाँचथरका गरी कुल ८ टिम को सहभागिता रहेको छ जसमा सैनिक ११ झापा, तिजोक युवा क्लब नवमीडाँडा पाँचथर , हुलाक लाइन क्लब फिदिम ,म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुम, राइजिङ स्टार क्लब रवि, चो लुङ क्लब, एफ एफ सी र आयोजक याङनाम फुटबल क्लब रहेका छन्।

प्रतियोगिताको सेमिफाइनल चैत ३० गते र वैशाख १ गते हुनेछ भने फाइनल खेल वैशाख २ गते भव्य रूपमा आयोजना गरिनेछ। प्रतियोगिताका सबै खेलहरू फिदिम नगरपालिका–१०गाङनाम स्थित इमानसिंह रंगशालामा सञ्चालन हुनेछन्, जहाँ दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस प्रतियोगितालाई फिदिम नगरपालिकाको कार्यालयले प्रवर्द्धन/प्रायोजन रहेको छ भने वडा नं. १० कार्यालय संरक्षकको भूमिकामा रहेको छ। यस्तै, याङ्नाम फुङनाम मेला मूल आयोजक समितिअन्तर्गत याङ्नाम फुटबल क्लबले प्रतियोगिताको व्यवस्थापन गरेको छ। नयाँ वर्ष २०७३ सालको उपलक्ष्य सहित प्रतीयोगीताको फाइनल खेल वैशाख २ गते हुनेछ विजेताले नगद २ लाख ३ हजार ८३रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेता हुने टिमले नगद १ लाख ३ हजार ८३ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। आयोजकका अनुसार याङ्नाम गोल्ड कपले खेलकुदको विकाससँगै स्थानीय पर्यटन, व्यापार व्यवसाय र सांस्कृतिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

साथै, यसले नयाँ खेलाडी उत्पादन गर्न र गाउँ–ठाउँमा फुटबलप्रतिको आकर्षण अझ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...