Skip to main content

साझा अक्षर

धाइजन चारआली महिला च्यालेन्ज कप , भद्रपुर सेमिफाइनल प्रवेश

facebook sharing button
twitter sharing button

झापा, मेचीनगर | झापाको मेचीनगरमा जारी “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगितामा भद्रपुर ब्लेजर्स जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ।

मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा आज सम्पन्न तेस्रो क्वार्टर फाइनल खेलबाट कमल गाउँपालिका झापालाई २-१ गोल अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाइनल प्रवेश गरेको हो।

भद्रपुरको जितमा कृतिका राई र नुमा लिम्बुले एकएक गोल गरे। पराजित कमल गाउँपालिकाको तर्फबाट इमा राईले एक गोल फर्काइन्। खेलको दोस्रो हाफमा भद्रपुरमाथि दबाब राखे पनि कमल गाउँपालिकाले थप गोल गर्न नसक्दा हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी भद्रपुर ब्लेजर्सकी गोलकिपर वर्षा तामाङ वुमन अफ द म्याच बनिन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ले नगद तथा ट्रफी प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि क्वाटर फाइनलको अन्तिम खेल रहनेछ। अन्तिम क्वार्टर फाइनल खेलमा इलामको जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका र झापाको कन्काई नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ

प्रतियोगिताको फाइनल खेल आगामी जेठ ३ गते हुनेछ  प्र विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत उत्कृष्ट खेलाडीहरूलाई  पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आर्थिक संयोजक भीम कार्कीले जानकारी दिएका छन्। महिला फुटबलको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...