Skip to main content

साझा अक्षर

मङ्गलबार राति , बुधबार र बिहीबार विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम सम्मको वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

बुधबार सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि हावाहुरीको सम्भावना छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ । यसैगरी बिहीबार मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...