Skip to main content

साझा अक्षर

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

 

बिर्तामोड झापा जेठ २५ ।। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रतियोगितामा शनिश्चरे एफसी अर्जुनधाराले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।

सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय टोलीका खेलाडीहरूले भरिएको कनकाई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै शनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
खेलको ६१औँ मिनेटमा कृष्ण राईको गोलमार्फत कनकाईले अग्रता बनाएको थियो। कनकाई अन्तिम समयमा दबाबमा राख्दै शनिश्चरेले खेलमा पुनरागमन गर्‍यो। खेलको ८०औँ मिनेटमा प्रदीप बुढाथोकीले हेडमार्फत बराबरी गोल गर्दै शनिश्चरेलाई खेलमा फर्काएका थिए।

टाइब्रेकरमा भने शनिश्चरेका खेलाडीहरूको सबै प्रहार गोलमा परिणत भयो। सनिश्चरका लागि बादल तामाङ, विशाल तामाङ, आयुष राई, सौरभ लिम्बू र देवेन्द्र तामाङले गोल गर्दा कनकाईका अभिषेक लिम्बूको प्रहार शनिश्चरेका गोलरक्षक अनुप तामाङले बचाएका थिए। कनकाईका आशिष लावती, आदित्य बानियाँ र सागर तिवारीले मात्र गोल गर्न सके।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक अनुप तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

आठ टोली सहभागी प्रतियोगिताअन्तर्गत मंगलबार हुने तेस्रो क्वाटरफाइनल खेलमा बेलबारी एफसी मोरङ र बगान युथ क्लब झापा आमनेसामने हुनेछन्।

प्रतियोगिताको फाइनल खेल जेष्ठ ३१ गते हुनेछ प् विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...