Skip to main content

साझा अक्षर

बगान युथ क्लब बिर्तामोड च्यालेन्ज कपको सेमिफाइनलमा,

 

बिर्तामोड, झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला मा जारी बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा बगान युथ क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा बगान युथ क्लबले बेलबारी फुटबल क्लब, मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

बगानको जितमा खेलको ५५औँ मिनेटमा हेमन लिम्बुले गरेको एकमात्र गोल निर्णायक बन्यो। निर्धारित समयभर दुवै टोलीले अवसर सिर्जना गरे पनि बेलबारी एफसीले प्राप्त अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगान युथ क्लबका  सञ्जय लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनल खेल बुधबार आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लब र चन्द्रगढी युथ क्लब, झापाबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

बिर्तामोड युनाइटेड क्लबको आयोजनामा भइरहेको प्रतियोगिताले जिल्लाको फुटबल गतिविधिलाई थप चलायमान बनाएको छ भने खेललाई प्रत्यक्ष हेर्नका लागि दर्शकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...