Skip to main content

साझा अक्षर

प्रथम बलिहाङ तङ्नाम महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक,



भद्रपुर, झापा । झापाको भद्रपुर चार स्थित ज्ञानेचोकमा आयोजना हुने प्रथम बलिहाङ तङ्नाम खुला नकआउट महिला फुटबल प्रतियोगिता २०८३ को खेलतालिका सार्वजनिक भएको छ।

पूर्णिमा युवा क्लब भद्रपुर–४ को आयोजनामा कार्तिक १४ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


प्रतियोगितामा भारतको रथखोला फुटबल एकेडेमी, धरान लेडिज एफसी सुनसरी, गाईघाट युनाइटेड उदयपुर, भद्रपुर ब्लेजर्स झापा, रोङ फुटबल एसोसिएसन इलाम, पूर्णिमा युथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ र रङ्चा फुटबल क्लब मोरङ सहभागी हुनेछन्।
सार्वजनिक खेलतालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल कार्तिक १४ गते भारतको रथखोला फुटबल एकेडेमी र धरान लेडिज एफसी सुनसरीबीच हुनेछ।


महिला फुटबल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको क्षमता विकास र स्थानीय स्तरबाटै महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पूर्णिमा युवा क्लबले जनाएको छ। साथै, लागूऔषध दुर्व्यसनविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्दै युवालाई खेलकुदमा आकर्षित गर्ने लक्ष्यसमेत राखिएको क्लबले जनाएको छ।


प्रतियोगिताको विजेता टोलीले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।


महिला फुटबलप्रति खेलाडीको बढ्दो आकर्षण र दर्शकको मागलाई सम्बोधन गर्दै प्रतियोगिता आयोजना गरिएको क्लबको भनाइ छ। स्थानीय तहमा महिला फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान र खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गर्न प्रतियोगिताले योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...

Fantastische_winmogelijkheden_beleef_je_met_https_spindogs-casinos_nl_en_spectac

Fantastische winmogelijkheden beleef je met https://spindogs-casinos.nl en spectaculaire bonussenDe Verschillende Soorten Online C...

प्रथम बलिहाङ तङ्नाम महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक,

भद्रपुर, झापा । झापाको भद्रपुर चार स्थित ज्ञानेचोकमा आयोजना हुने प्रथम बलिहाङ तङ्नाम खुला नकआउट महिला फुटबल प्रतियोगिता २०८३ को ख...

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładami

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładamiWybór odpowiedniej pl...