काठमाण्डौ। फागुन २।। इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेपछी घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको एक कार्यक्रममा विज्ञहरूको भनाई रहेको छ। यसैगरी धेरै बालबालिका साइबर हिंसाको सिकारमा परिरहेको हुनाले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिका लगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्ने कुरामा समेत उहाँहरूको जोड रहेको छ। काठमाण्डौमा सुरक्षित इन्टरनेट दिवसका अवसरमा भएको कार्यक्रममा महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्ने महिला आयोगका अध्यक्ष कमला पराजुलीको जोड रहेको छ। यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै हरेक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताएकी छिन् । साइबर…
झापा। आज नेपालीहरूको महान् चाड बिजया दशमीको टीकाको दोस्रो दिन पनी टिका र जमरा लगाउने क्रम जारी रहेको छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार आज पनी टिका लगाउने क्रम जारी रहेको हो। मान्यजन टाढा टाढा हुनेहरू आजदेखि पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने चलन रहेको छ। त्यसो त कतिपय ठाउँमा टिका लगाउने दिनका बारेमा फरक भएको पाइन्छ। कुनै ठाउँमा हिजो अर्थात् विजया दशमीको दिनमात्र टीका लगाएको पाइन्छ तर असनका बासिन्दाले चाहीँ आज टीका थाप्दैछन् ।हरेक वर्ष असोज शुक्ल एकादशीका दिन त्यहाँका स्थानिय बासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा…
काठमाण्डौ। २४ असोज।। असोज दोस्रो हप्ता परेको अविरल वर्षाका कारण बन्द गरिएको बिपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । बाढीपहिरोले धेरै भाग बगाएका कारण आवतजावतमा समस्या देखिएपछी बन्द गरिएको उक्त राजमार्ग भोलिदेखि बाटोको अवस्था हेरेर एकतर्फी वा दुईतर्फी खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका हुन्। उनका अनुसार पर्वमा पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएर आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाइने छ।
काठमाडौं। २४ असोज।। यसै महिनाको दोस्रो साता देशभर अविरल वर्षा भएको थियो। वर्षाका कारण देशका यातायातका क्षेत्रमा समेत धेरै मात्रामा क्षति भएको छ। पानी छोटो समयमा धेरै परेका कारण बाटोघाटोमा बाढी पहिरोले सार्वजनिक यातायातमा ७२ करोड भन्दा बढीको क्षति भएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको जानकारी दिएको हो । बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी पश्चिम नेपाल यातायात बस…