साझा अक्षर

ताजा खबर

ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाका हवाई उद्धार

ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाका हवाई उद्धार

राष्ट्रपति महिला उत्थान (राष्ट्रिय महिला समुत्थान परियोजना ) कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित ९०५ महिलाका हवाई उद्धार भएको छ । २०७५/७६ देखि लागु भएको यस परियोजनामा ८ वर्षमा ९ सय ५ महिलाको उद्धार भएको २०८२/८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । उद्धार गरिएकामध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ३०२ जना महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका १९ जना छन् । त्यसैगरि कोशी २ सय ७९, बागमतीमा १२५, गण्डकीमा ४४ सुदूरपश्चिममा १३६ महिलाको उद्धार भएको सर्वेक्षणले देखाएको छ ।
Read More
गर्मी बढेसँगै सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह

गर्मी बढेसँगै सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् । यस्ता सर्पको टोकाइबाट बच्न सबैमा आग्रह छ ।” सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो…
Read More
सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।’  प्रवक्ता पोखरेलका अनुसार सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ । मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको हो ।  त्यसैगरी सरकारले नेपाल चीन जोड्ने विद्युत प्रशारण लाइन चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत…
Read More
वसन्तकालीन आरोहण सिजनमा सगरमाथा शिखरमा पुग्ने आराेहीकाे सङ्ख्या ९०० नाघ्याे

वसन्तकालीन आरोहण सिजनमा सगरमाथा शिखरमा पुग्ने आराेहीकाे सङ्ख्या ९०० नाघ्याे

पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहण सिजनमा आजसम्म आरोहण गाइडसहित ९०० जनाभन्दा धेरैले सफल आरोहण गरेका छन् ।गएको वैशाख ३१ गतेदेखि सुरु भएको वसन्तकालीन आरोहण मे २९ तारिख अर्थात जेठ १५ सम्म सञ्चालन हुनेछ । यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९५ जनाले अनुमती लिएका छन् । उनीहरुबाट झण्डै एक अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ । आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या १००० जना नाघ्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ ।
Read More
विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने

विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने

विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो । संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँकाे भनाइ छ । सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए । प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक…
Read More
एमालेमा डिजिटल सदस्यता प्रणाली

एमालेमा डिजिटल सदस्यता प्रणाली

नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनुभयो ।ujyaalo
Read More
सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिसँग आज काठमाण्डाैमा छलफल उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो । सभापति लामिछानेले भन्नुभयो, ‘निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।’ उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर…
Read More
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आजको खेलमा पहिलो खेलमा द नाईट एफसीलाई ३/१ ले पराजित गर्दै कर्मचारी एफसी सेमिफाइनलमा प्रबेश गरेको हो । कर्मचारीको लागि हितेन लिम्बुले २ गोल गरे भने एक अन्गोल उपहारस्वरूप पायो । नाईट एफसिका लागि सम्राट बर्देवाले एक गोल फर्काएका थिए । त्यस्तै दोस्रो खेलमा मेतालुङ एफसिले सिम्सारा एफसिलाई ७/१ को फराकिलो गोलले जित निकाल्दै सेमिमा पुग्ने दोस्रो टिम बन्यो । उस्का लागि सुदर्शन लिम्बूले ह्याटि्रक सहित ४ र सुबास गुरुङले पनि ह्याटि्रक…
Read More
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ सो कार्यक्रम शुभारम्भ गरिएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका…
Read More
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक गरेको छ ।जिल्लास्तरीय बैठकपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयहरू कार्यान्वयनमा जोड दिँदै प्याब्सनले विद्यालयहरूलाई समयमै तयारीमा जुट्न आह्वान गरेको हो । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै वार्षिक कार्ययोजना, विद्यालय सुधार योजना निर्माण, शिक्षक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको छ । भर्ना प्रक्रिया समयमै सम्पन्न गरी पठनपाठनलाई नियमित बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सन झापाका अध्यक्ष कार्कीले भने ।बैठकले विद्यालयहरूले निर्धारित समयभित्रै नतिजा प्रकाशन…
Read More