बिर्तामोड, १५ मंसिर ।। बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ…
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो । टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए । जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका…
बिर्तामोड मङ्सिर १५।। सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा मात्रै ध्यान दिइरहेको बेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बसहरुको समयसीमा निर्धारण गर्न लागिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा सुर हुन लागेको टाइमकार्डको शुभारम्भ आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काँकडभिट्टामा गर्दैछन् । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको हो । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड…
बिर्तामोड मंसिर १२ ।। झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी…
झापा। मंसिर ११ ।। झापाको कनकाई नगर पालिकमा गौहत्या भएको छ । कन्काई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको अवस्थामा फेला परेको छ । लीला संग्रौलाको घरमा डेरा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको कोठामा लगेर गाई काटेको अवस्थामा फेला पारिएको हो । उनले हरिकुल स्कुलनजिकबाट दुहुनु गाई चोरेर लगेको बुझीएको छ । गाई काट्ने व्यक्ति फरार रहेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर छानबिन गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा पनि गाई काटिएको अवस्थामा फेला परेको थियो ।
बिर्तामोड, ११ मंसिर ,।। बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार कार्यक्रम गरेको छ । नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अभियान अन्तर्गत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मर्यादित समाज निर्माणको लागि कोहि कसैले अर्कोमाथि हिंसा गर्न नहुने धारणा राख्नु भयो । उहाँले लैङ्गिक विभेद सामाजिक अपराध रहेकोले सबै सचेत हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट, मेची महाकाली बुहारी संयुक्त आवाज…
बिर्तामोड, १० मंसिर ।। बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा 'लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम' सम्पन्न भएको छ । निर्माणधिन बुट्टाबारी- प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो । यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद…
बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा अवस्थित मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सैनिकमोडमा कानको उपचार सेवा समेत थप गरिएको हो। कान उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले शुभारम्भ गर्नुभयो । आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताउनुभयो । त्यसैगरी १ हजार…
बिर्तामोड ।। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् । क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रञ्जीतकुमार पोद्दारको प्रमुख आतिथ्यमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा लोकनाथ खनाल (लोकप्रिय), सचिवमा खगेन्द्र मिश्र, सहसचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा जेनिशा पोखरेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा योगेश राजवंशी, तोषराज ठाकुर र बाप्पा शाह तथा संस्थागत कार्यसमिति सदस्यमा गोपाल काफ्ले चयन भएका छन्…
मनिला । फिलिपिन्सको राजधानी मनिलामा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्। मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् । फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ । आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताए ।…