साझा अक्षर

स्थानीय तह विशेष

देउमाइकप फुटबल, देउमाई नगरपालिका फाइनल प्रवेश

देउमाइकप फुटबल, देउमाई नगरपालिका फाइनल प्रवेश

चैत्र १८।। इलामको देउमाईमा जारी तेस्रो संस्करण अन्तरपालिका स्तरीय देउमाईका फुटबल प्रतियोगितामा जित निकाल्दै देउमाई नगरपालिका फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार मानिएको फाकफोककथुम गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै देउमाई नगरपालिका उपाधि नजिक पुगेको हो। देउमाईलाई फाइनल पुर्‍याउनका लागि दोस्रो हाफको पहिलो मिनेटमै उपहार गो ल प्राप्त भयो फाकफक्थुमका स्पेन लिम्बुले क्लियर गर्ने क्रममा बलले जाली चुमेसँगै देउमाई नगरपालिकाले अग्रता बनायो। त्यसपछि जर्सी नम्बर १० का मुकेश मगरले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित तर्फ डोर्याए। फाकफोकथुम गाउँपालिकाले भने पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल बाटै घर…
Read More
बिर्तामोड–अर्जुनधारा बसपार्क क्षेत्रको विवाद समाधानतर्फ सकारात्मक सहमति, क्याप्टेन सि के बेघा लिम्बुको स्वागतयोग्य धारणा

बिर्तामोड–अर्जुनधारा बसपार्क क्षेत्रको विवाद समाधानतर्फ सकारात्मक सहमति, क्याप्टेन सि के बेघा लिम्बुको स्वागतयोग्य धारणा

  बिर्तामोड फागुन १३।। बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्क क्षेत्रको ५१ बिघा जग्गा सम्बन्धी देखिएको विवाद समाधानका लागि सर्वपक्षीय बैठकबाट महत्वपूर्ण निर्णय तथा प्रतिबद्धता सार्वजनिक गरिएको छ। फागुन १३ गते अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकमा सरोकारवालाहरूबीच संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्ने सहमति बनेको हो। बैठकले लामो समयदेखि रोक्का रहेको जग्गा सम्बन्धी विषयलाई कानुनी प्रक्रियाबाट टुंग्याउने, प्रभावित नागरिकहरूको माग सम्बोधन गर्ने तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बसपार्क क्षेत्र तथा ५१ बिघा क्षेत्रमा राखिएका प्रतिबन्धात्मक सामग्री हटाई लोकतान्त्रिक गतिविधि सञ्चालनमा…
Read More
बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ

बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ

  बिर्तामोड, असार ९ : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको सोमबार सुरु भएको बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर विकासका विभिन्न महत्त्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ । विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार…
Read More
वडास्तरीय भलिबल प्रतियोगिता: वार्ड नं ३ ,४, ६ र ७ सेमीफाइनल प्रवेश

वडास्तरीय भलिबल प्रतियोगिता: वार्ड नं ३ ,४, ६ र ७ सेमीफाइनल प्रवेश

  बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिर्तामोड  वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६  र  ७ सेमिफाइनलमा प्रवेश गरेका छन्। वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २…
Read More
विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

  बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो । सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर…
Read More
अर्जुनधारामा जारी वडास्तरीय क्रिकेटमा हिजो वडा नम्बर ७ र ८ विजयी….

अर्जुनधारामा जारी वडास्तरीय क्रिकेटमा हिजो वडा नम्बर ७ र ८ विजयी….

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ४ अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडा स्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजोको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो। १४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो…
Read More
सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न

सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न

  बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो । स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय…
Read More
अर्जुनधारामा आज सार्वजनिक बिदा

अर्जुनधारामा आज सार्वजनिक बिदा

झापाको अर्जुनधारा नगरपालिकाले फाल्गुन २१ गते बुधबार (आज ) सार्वजनिक विदा दिएको छ । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले आज स्थानीय विदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै  स्थानीय विदा दिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवशको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधबारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरुमा ( स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूती सेवा बाहेक) स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
Read More
सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए । चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ । भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन…
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

  बिर्तामोड, ०५ पुस : बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभलिन सबैलाई आग्रह गर्नु भयो । कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिनु भयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर…
Read More