साझा अक्षर

राजनीति

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो । यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आउनुभएको छ । चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएकाे छ ।
Read More
झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

  बिर्तामोड फागुन १६ !! चुनाव नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ। झापा क्षेत्र नम्बर २ पनि यसको अपवाद छैन।  सबै  दलहरु भोट माग्न व्यस्त छन् पुराना तथा ठूला दलहरू बाजा–गाजा, ठूलो साउन्ड सिस्टम, कार्यकर्ताको हुल र महँगा गाडीको हुटमा उम्मेदवार राखेर नाचगानसहित प्रचारमा व्यस्त छन्। गाउँ–शहरमा चुनावी र्‍यालीको होहल्ला बाक्लिँदै गएको छ। तर यही भीड र होहल्लाको बीचमा फरक शैली लिएर मैदानमा उत्रिएका छन्  क्याप्टेन सी के वेघा लिम्बू। उज्यालो नेपाल पार्टी का तर्फबाट झापा–२ का प्रत्यक्ष उम्मेदवार रहेका वेघाको चुनावी अभियान भने अन्य दलभन्दा निकै भिन्न देखिन्छ। उनको साथमा न ठूलो साउन्ड सेट छ, न बाजा–गाजा,…
Read More
हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ ।

हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ ।

  तीर्थ सिग्देल झापा फागुन १५।। हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ । प्रत्येक क्रियाको विपरित प्रतिक्रिया हुन्छ । यो राजनीतिशास्त्र र बिज्ञानकै नियम हो । जस्तोः २००७ सालको परिवर्तनपछि मोहनसमशेरको नेतृत्वमा मन्त्रीमण्डल बन्यो तर त्यो लामो समय टिकेन । त्यसपछि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो नागरिक सरकार बन्यो । २०४६ सालमा बहुदल आयो । त्यतिबेला पनि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । २०६३ सालमा राजतन्त्र गएपछि आम चुनाब भयो । त्यसले पनि प्रचण्डको हातमा देश सुम्पियो । र, जेन्जी आन्दोलनले केपी ओलीलाई सत्ताबाट ओराल्यो । अब भन्नुहोस् कि २००७ सालपछि राणाहरु को को सत्तामा…
Read More
झापा २ मा मतदाताको मन जित्दै उज्यालो नेपाल पार्टी

झापा २ मा मतदाताको मन जित्दै उज्यालो नेपाल पार्टी

  झापा फागुन १५ ।। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले झापा–२ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको मन जित्न सफल भएको छ। उज्यालो नेपाल पार्टी प्रत्यक्षतर्फ बलिरहेको चिम चुनाव चिन्ह र समानुपातिकतर्फ बासुरी चिन्हका साथ निर्वाचन मैदानमा उत्रिएको छ। भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले यस निर्वाचनलाई “विकास, सुशासन र जनविश्वासको अभियान”का रूपमा प्रस्तुत गर्दै, देशमा देखिएको निराशा र अव्यवस्थालाई अन्त्य गर्दै सकारात्मक परिवर्तनको सुरुवात गर्ने लक्ष्यसहित चुनावी रणनीति तयार गरेको छ । झापा क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट क्याप्टेन सीके बेघा उम्मेदवार…
Read More
झापा २ मा उज्यालो नेपाल पार्टीको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम तीव्र

झापा २ मा उज्यालो नेपाल पार्टीको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम तीव्र

  झापा फागुन १३ ।। आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ उज्यालो नेपाल पार्टीका तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सीके बेघा लिम्बुले चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका हुन् । कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा उम्मेदवार बेघाले प्रत्यक्षतर्फ बलिरहेको चिम चिहमा र समानुपातिकमा बाँसुरी चिन्हमा मतदान गरी भारी मतले आफूलाई विजय गराइदिन अनुरोध गरेका छन्। कार्यक्रमका क्रममा उम्मेदवार बेघाले झापा २ का बुधबारे, खुदुनाबारी, अर्जुनधारा बिर्तामोडका सबै वडा तथा टोलहरूमा…
Read More
उज्यालो नेपाल पार्टी को झापा २ मा चुनावी अभियान तीव्र

उज्यालो नेपाल पार्टी को झापा २ मा चुनावी अभियान तीव्र

  झापा फागुन १ ।। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजीकिएसँगै दलहरूको चुनावी सरगर्मी बढेको छ।  उम्मेदवारहरू आफ्ना मतदातासँग भेट घाटमा व्यस्त रहेका छन्। यसैबीच कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ। केही दिनअघि झापाका पाँचैवटा निर्वाचन क्षेत्रमा उम्मेदवार तथा कार्यकर्तालाई भेटघाट गर्दै कुलमान घिसिङले झापाली जनतालाई आफ्नो पक्षमा मतदान गर्न समेत आग्रह गरेका थिए। यो सँगै झापामा उज्यालो नेपाल पार्टीको सम्भावना बढ्दै गएको  झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार सीके बेघाले जानकारी दिए।   आज बिर्तामोडमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सीके बेघाले ‘उज्यालो अभियान’…
Read More
शिक्षामा सुधार विना समृद्धि असम्भव : पूर्वमुख्यमन्त्री थापा

शिक्षामा सुधार विना समृद्धि असम्भव : पूर्वमुख्यमन्त्री थापा

झापा। नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले शिक्षा क्षेत्रको आमूल सुधार नगरी देश विकासको कल्पना सम्भव नहुने बताएका छन् । राजनीतिक प्रणाली पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि शिक्षा नीति भने दशकौँ अघिकै ढाँचामा अड्किएको भन्दै त्यसकै परिणामस्वरूप मुलुकले अपेक्षित प्रगति हासिल गर्न नसकेको उनको भनाइ छ । बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०२८ सालको शिक्षा नीतिलाई आधार मानेर आज पनि शिक्षा प्रणाली सञ्चालन भइरहेको उल्लेख गरे । ‘मुलुकमा पञ्चायत गयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर शिक्षा क्षेत्रमा सार्थक परिवर्तन आउन सकेन,’ उनले भने, ‘यसैले हाम्रो शिक्षा…
Read More
बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै। माघ ६।। आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । (more…)
Read More
झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

  झापा माघ ६ ।। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। देशैभर एकैसाथ हुन लागेको मनोनयन दर्ताका लागि निकै नै चर्चामा रहेको  झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउँदैछन् बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्। दमकस्थित गोरखा…
Read More
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

  झापा भाद्र २९ ।। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । बिहान साढे ११ बजे उनले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेकी हुन् । कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।
Read More