Skip to main content

साझा अक्षर

साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाई रिहा

 

बिर्तामोड । केही दिन अघि साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका एण्ड सी मेडिकल कलेजका सञ्चालक तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

मंगलबार बेलुका  जिल्ला अदालत काठमाडौँले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

युट्युब च्यानल ‘देश दुनियाँ खबर’ मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एकजना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । यसैबीच, बिर्तामोडमा प्रसाईं रिहाइको खुसियालीमा र्‍याली निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...