Skip to main content

साझा अक्षर

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

अधिवेशनले विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

क्लबका पूर्वअध्यक्ष अर्जुन नेम्बाङको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अइन्द्र फुएल र दीपक नेम्बाङ चयन भएका छन्। त्यस्तै, सचिवमा डिल्ली हाड नेम्बाङ, सहसचिवमा हेनि नेम्बाङ र कोषाध्यक्षमा बिमला आडदेम्ब नेम्बाङ चयन भएका छन्।यसैगरी, सदस्यहरूमा गगन नेम्बाङ, सन्तोष नेम्बाङ, मणि कुमार तामाङ, सागर नेम्बाङ र देवराज नेम्बाङ चयन भएका छन्।नवनिर्वाचित कार्यसमितिलाई फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष तथा क्लबका सल्लाहकार सन्तोष नेम्बाङलगायत अग्रज व्यक्तित्वहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

टु-स्टार ग्रामीण सृजनशील क्लबले स्थानीयस्तरमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। विशेषगरी कार्तिके पूर्णिमा मेलाको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले स्थानीय क्षेत्रमा फुटबल खेलको विकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

खेलकुदका अतिरिक्त सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएको क्लबले स्थानीयस्तरमा सामाजिक सद्भाव, एकता र सामूहिक सहभागिता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्थानीय अग्रजहरुले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...