Skip to main content

साझा अक्षर

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

 

मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...