Skip to main content

साझा अक्षर

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आक्रोशित भीडद्वारा बसमा तोडफोड तथा आग्जनी

 

बिर्तामोड कार्तिक ३।। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका -५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ -०१ -००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ मोटरसाइकल चालक को घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुङ राईको रहेको  भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीका अनुसार करिव १२.३० वजे तिर बसले सो साईकललाई ठक्कर दिएपछि त्यसमा सवार चालकलाई एक सय मिटर घिसारेको थियो ।
प्रहरीले मृतकको कानुनी मुचुल्का उठाउने कार्य गरिरहेको साथैं घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
दुर्घटना पछि आक्रोसित समूहले बसका चालकले लार्पावाही गर्दा मोटरसाईकल चालकको ज्यान गएको भन्दै बसमा तोडफोड गर्नुका साथैं आगजनी गरेका छन् । तोडफाड र आगजनीबाट बसमा क्षति पुगेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...