Skip to main content

साझा अक्षर

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीको आदेश

पोखरा कार्तिक ८।। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

रविलाई पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतले दोस्रो पटक ७ दिनको अनुमति दिएको हो ।

गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार पहिलोपटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न गत आइतबार अनुमति दिएको थियो ।

सो म्याद सकिएसँगै आज बिहीबार उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । आज थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई पनि आज नै म्याद थपका लागि अदालत लगिएको छ । उनलाई ६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाईसमेत प्रहरीले आज म्याद थपका लागि कास्की अदालत लैजाने तयारी गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...