Skip to main content

साझा अक्षर

झापाको बाहुनडागीमा जेसिस धारा उद्घाटन

 

मेचीनगर कार्तिक १६।। बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ ।  मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा  धारा निर्माण गरिएको हो ।
मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो ।

बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको स्मृतिमा धारा निर्माण गरिदिन आग्रह गर्नु भएको थियो । साथै भारतीकै लगानीमा तिहारपछि बाहुण्डाँगीको प्रकृति पार्कमा जेसीज चौतारा समेत निर्माण गर्ने तयारी रहेको छ ।
जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा सविधान सभा सदस्य रबिन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, काँकरभिट्टा खानेपानीका उपाध्यक्ष गोविन्द गिरीले मानवीय क्षेत्रमा गरेको कामप्रति प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा परिवारका आमा जानुका भारती, एरिना भारती, निवर्तमान अध्यक्ष केवल निरौला, मन्दिर समितिका पूर्व अध्यक्षहरु रामु गौतम, रमेश दाहाल र भानुभक्त गौतम, वडा अध्यक्ष गीता लुंगेली, पवन बराइली, प्रविन चापागाइलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
डिल्लीराज भारतीको संयोजकत्वमा भएको कार्यक्रमको सन्चालन कोषाध्यक्ष नित्यानन्द चम्लगाईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...