Skip to main content

साझा अक्षर

घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नं २ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ग्यास सिलिन्डर लिक भई घरमा आगलागी हुँदा घरधनी जयप्रकाश राई  घाइते भएका छन् । उनको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिए ।

 

घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन् । राईको घरमा मंगलबार अपराह्न ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ ।

घरभित्र राखिएको ग्यास पड्किएकाले ग्यास लिक भएर आगो सल्केको हो कि ? भनेर अनुमान गर्न सकिने साहले बताए । यद्यपि आगलागीको कारण यकिन नभएको उनको भनाइ छ ।

आगोले शरीरका विभिन्न भागमा जलेका राईको अवस्था गम्भीर रहेकाले पाँचथरमा उपचार सम्भव नभएपछि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

आगो फिदिम नगरपालिकाका दुइटा दमकलसहित स्थानीय, सेना,प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...