साझा अक्षर

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

 

बिर्तामोड कार्तिक २२ ।।आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै धुमधामका साथ छठ पर्व मनाइन्छ।

एतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको हो।

​सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ।  मुख्य दिन शुक्ल षष्ठी भए पनि छठचतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन्।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123