Skip to main content

साझा अक्षर

पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा झडप,चारजना घाइते

 

ताप्लेजुङ  कार्तिक २३।।    ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा काफ्ले पार्टीमा शुक्रबार दुईपक्षबीच झडप भएको  छ।
केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो ।

उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर  अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो।
त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको हो  ।
उक्त झडपलाई नियन्त्रणका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी  घाइते भएका छन्। घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने मध्य एक चन्द्र मादेन ,मनकुमार लिम्बु र अन्य दुईजना रहेका छन्।
मादेनको टाउकोमा चोट लागेको छ । उहाँलाई प्रहरीको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।
त्यस्तै कुमको छेउमा खुकुरी प्रहार भई घाइते भएका लिम्बुलाई पनि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको बताइएको छ। अन्य दुईजनाको बारेमा भने थप जानकारी आउन बाँकी रहेको छ।
करिब ७ मिनेट दोहोरो ढुङ्गा हानाहान भएको थियो। अहिले भने काफ्ले पार्टीको स्थिति सामान्य भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...